

ट्रम्प चुनाव हारिने डरले रुष्ट, आफ्नै उम्मेदवारलाई जिम्मेवार ठहराए


अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण शुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हार्छन् भने त्यसका जिम्मेवार आफ्नै पार्टीका नेता हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल रोभ रहेका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा कडा आक्रोशसहित लेखेका छन्, ‘यदि केन पाक्सटन पराजित भए भने, यो जोन कोर्नि र कार्ल रोभ जस्ता कमजोर र निष्प्रभावी राजनीतिक ढोंगीहरूका कारण हुनेछ, जसले पाक्सटनलाई जिताउन सकिने सबै सम्भावित हथकण्डा अपनाए।’
दुई वर्षअघि मात्र ट्रम्पले टेक्सस राज्यमा १४ प्रतिशत मतान्तरले विजय हासिल गरेका थिए। तर हालको सिनेट दौडमा पार्टीभित्रको अन्तरकलहले रिपब्लिकनहरूको बलियो गढमै सङ्कट सिर्जना गरेको छ। एलन मस्कको करोडौँ डलर सहयोग र ५० करोड अमेरिकी डलरभन्दा बढी विज्ञापन खर्चमा संघीय निर्वाचन आयोग (एफसीए) को वित्तीय प्रतिवेदनले उद्योगपति एलन मस्कले केन पाक्सटनलाई जिताउन ठूलो आर्थिक सहयोग गरिरहेको पुष्टि गरेको छ। सेप्टेम्बर महिनामा मस्कले सिनेट रिपब्लिकनको मुख्य ‘सुपर पीएसी’ लाई दुई फरक कारोबारमार्फत १५ करोड ८० लाख डलर प्रदान गरेका छन्। मस्कले चन्दा दिएको भोलिपल्टै उक्त संस्थाले टेक्ससमा पाक्सटनको जित सुनिश्चित गर्न बनेको विशेष ‘सुपर पीएसी’ लाई ठूलो रकम ट्रान्सफर गरेको थियो।
‘एडइम्प्याक्ट’ को तथ्यांक अनुसार टेक्सस सिनेट दौडमा हालसम्म ५० करोड डलरभन्दा बढी विज्ञापन खर्च भइसकेको छ। रिपब्लिकन नेताहरूले प्राथमिक चुनावमा जोन कोर्नि पराजित भएमा सिनेट सिट जोगाउन पार्टीलाई अत्यधिक महँगो पर्ने चेतावनी पहिले नै दिएका थिए, जुन अहिले यथार्थमा परिणत भएको छ। डेमोक्र्याट उम्मेदवार जेम्स टालारिकोको अप्रत्याशित उछाल टेक्ससमा भर्खरै सार्वजनिक भएको एक नयाँ जनमत सर्वेक्षण अनुसार उनले ५०% मतसहित केन पाक्सटन (४७%) माथि पाँचौँ दिन पनि आफ्नो सानो अग्रता कायमै राखेका छन्।
पाक्सटन र रिपब्लिकनहरूले चुनावी रणनीति बनाउँदै जाँदा टालारिकोले तेस्रो त्रैमासिकमा ६६.४ मिलियन डलर चन्दा संकलन गरेर सनसनी फैलाएका छन्। उनका ९७% दाताहरू १०० डलरभन्दा कम रकम दिने साना नागरिकहरू रहेका छन्। सेन बर्नार्ड मोरेनोले आश्चर्य व्यक्त गर्दै भने, ‘मैले टालारिकोको अभियान देखेँ। एक त्रैमासिकमा ६६.४ मिलियन डलर कसरी उठाउन सकिन्छ, यो सोच्नै गाह्रो छ।’ तुलनात्मक रूपमा केन पाक्सटनले भने १८ मिलियन डलर मात्र उठाउन सकेका छन्। रिपब्लिकन पार्टीभित्रको आन्तरिक विवाद, ट्रम्पको रक्षात्मक दोषारोपण र डेमोक्र्याट उम्मेदवारको बलियो आर्थिक तथा जनसम्पर्क अभियानका कारण टेक्ससको छ आफ्नो सिनेट चुनाव अमेरिकी राजनीतिका लागि सबैभन्दा चासो र चिन्ताको विषय बनेको छ।

सम्बन्धित खबर









