Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

लुम्बिनी लायन्सले नयाँ जर्सी सार्वजनिक गर्यो

Advertisement800×200-1

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि ‘हाम्रो राज, हाम्रो शान’ भन्ने नारासहित नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सी अवधारणालाई ‘रुल : हाम्रो राज, हाम्रो नेतृत्व’ भन्दै लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रति आत्मविश्वास समेटेको छ।

लुम्बिनी लायन्सले अक्टोबर २६ मा सुदूरपश्चिम रोयल्ससँग खेल्दै एनपीएल तेस्रो संस्करण सुरु गर्नेछ र उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ। नयाँ जर्सीको मुख्य अवधारणा ‘रुल : हाम्रो राज, हाम्रो नेतृत्व’ रहेको छ। यसले लुम्बिनीको ऐतिहासिक गौरव, नेपालको विविधता र नेतृत्वप्रतिको आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने टोलीले जनाएको छ।

यस जर्सीमा सिंहको केशलाई टोलीको पहिचानको मुख्य प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। यसले टोलीको जोश, शक्ति, आक्रामकता र गौरवलाई झल्काउने अवधारणा बोकेको छ। सिंहको शाही आत्मविश्वासमार्फत मैदानमा प्रभुत्व जमाउने टोलीको लक्ष्य पनि जर्सीमा समेटिएको छ।

त्यस्तै, जर्सीमा मण्डला डिजाइन समावेश गरिएको छ। प्राचीन सभ्यता, शान्ति र आध्यात्मिक विरासतसँग जोडिएको मण्डलाले लुम्बिनीको सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्छ। यसको निरन्तर घेराले पहिचान, एकता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको गौरवलाई संकेत गर्ने टोलीले बताएका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर