Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना गरिने

Advertisement800×200-1

आगामी १९ देखि २१ नोभेम्बरसम्म नेपालमा आईसीसी एसिया सम्मेलन आयोजना गरिनेछ। प्रतिनिधिहरू नेपालमा १७ नोभेम्बरदेखि आउने क्रम सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा हुन लागेको यस सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरू र एसोसिएट सदस्य राष्ट्रका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनमा क्रिकेटको विकास, विस्तार, सहकार्य र दिगो प्रवर्द्धनका विषयमा छलफल गरिने छ। क्यानले विश्वास व्यक्त गरेको छ कि यस सम्मेलनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति सुदृढ गर्नेछ साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउनेछ।

विदेशी प्रतिनिधिहरूले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर र फाइनल खेलहरू पनि प्रत्यक्ष अवलोकन गर्नेछन्। यस सम्मेलनबाट नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर