Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

एमबाप्पेका दुई गोलले बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडलाई जित दिलायो

Advertisement800×200-1

स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिडले क्याम्प नोउमा बार्सिलोनालाई २-१ ले पराजित गरेको छ। किलियन एमबाप्पेले ४१ औं र ८७ औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाएका छन्। यो सिजनमा बार्सिलोनाको यो पहिलो हार हो र १० खेलपछि उसले २७ अंक संकलन गरेको छ। ९ कात्तिक, काठमाडौं।

गएको रात भएको बहुचर्चित ‘एल क्लासिको’ खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको हो। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले २-१ ले हार व्यहोरेको हो। खेलमा सुरुवाती अग्रता रियलले नै लिएको थियो। ४१ औं मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६१ औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले खेलमा फर्किने संकेत गरेको थियो तर ८७ औं मिनेटमा एमबाप्पेले फेरि गोल गर्दै टोलीको जित पक्का गरे।

जितका बाबजुद रियल मड्रिड तेस्रो स्थानमा सीमित छ। १० खेलबाट रियलको २४ अंक भएको छ। बार्सिलोनाले २७ अंकसहित शीर्षस्थानमा छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको २५ अंक छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर