

चुनावअघि नेतान्याहूलाई भोट दिन ट्रम्पको आग्रह


९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा आगामी आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन आग्रह गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यस विषयमा पोस्ट गर्दै नेतान्याहू र आफ्नो सम्बन्धलाई जित हासिल गर्ने खालको रहेको बताएका छन्।
उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण इतिहासकै सफल सैन्य अभियानमध्ये एक थियो। यसअघि ‘अपरेसन मिडनाइट ह्यामर’ चलाइएको थियो, जसले विश्वमा आतंकवाद बढावा दिने प्रमुख देशलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्यो। ट्रम्पले ‘अपरेसन एपिक फ्युरी’को पनि उल्लेख गरेका छन्। उनले इरानको सेना र अर्थव्यवस्था दुवै कमजोर भएको कुरा लेखेका छन्।
ट्रम्पले भने, ‘अहिले इरानसँग नौसेना र वायुसेना छैन। उसको सेना र अर्थव्यवस्था दुवै नराम्ररी बिग्रिएका छन्। इरानमा मुद्रास्फीति दर ३०१ प्रतिशत पुगेको छ। नौसैनिक नाकाबन्दीका कारण इरानले तेल पाउन सकेको छैन।’ एक दिनअघि उनले इरानमाथिको आक्रमणबारे सम्झौता गर्ने वा युद्ध छेड्ने विषयमा निर्णय भइनसकेको बताएका थिए।
‘तपाईं मतदान गर्न जाँदा नेतान्याहू एक असाधारण लडाकु प्रधानमन्त्री रहेका कुरा सम्झनुहोस्,’ ट्रम्पले नेतान्याहूप्रति भोटको अपिल गर्दै भने, ‘केही खराब मानिसहरूले इजरायललाई ‘सानो सैतान’ र अमेरिकालाई ‘ठूलो सैतान’ भनेका थिए। अब विश्वभर ‘अमेरिकाको मृत्यु होस्, इजरायलको मृत्यु होस्’ भन्ने नारा सुनिने छैन।’

सम्बन्धित खबर









