गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मात्रामा जनधन र सम्पत्तिको क्षति पुर्याएको छ। यस विपत्तिले विभिन्न उद्योग, व्यापार र व्यवसायलाई गम्भीर असर पुर्याउँदा हजारौँ मानिसका रोजगार र जीविकोपार्जन अनिश्चित अवस्थामा पुगेका छन्।
यो बाढीले रोजगारी गुमाएका नागरिकलाई राज्यले कस्तो किसिमको रोजगार वा सहुलियत प्रदान गर्न सक्छ? सोधपुछका क्रममा सागर बुढाथोकीले राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लसँग वार्ता गरेका छन्।