जोर्डनको एउटा चर्चमा शुक्रबार बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाएको घटना सार्वजनिक भएको छ। अधिकारीहरुले जनाएका छन् कि यस आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। जोर्डनको सरकारी प्रसारक अल-मम्लाकाे प्रसारणमा आएको सीसीटीभी फुटेजमा आक्रमणकारीहरुले गोली वर्षाउँदै गरेको स्पष्ट देखिएको छ।
कारमा सवार आक्रमणकारीहरुले गोली प्रहार गरी घटनास्थलबाट फरार भएका छन्। जोर्डनका राजा अब्दुल्लाह द्वितीयले यस घटनालाई “आतंकवादी कार्य” भनेका छन् र दोषीहरूलाई कडा सजाय दिने प्रतिबद्धता जनाएका छन्। यद्यपि, आक्रमणको पृष्ठभूमि र उद्देश्य अझै स्पष्ट पत्ता लाग्न सकेको छैन।