नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुँदैछ। यो खेल मध्याह्न साढे १२ बजे त्रिवि क्रिकेट ग्राउण्डमा हुनेछ। साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
एनपीएल कात्तिक ९ गतेदेखि सुरु भएको हो र मंसिर ५ गते समापन हुनेछ। हिजोको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले पराजित गरेको थियो। खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टसबाट हुनेछ, जसमा बल बाइ बल अपडेटसहित विशेष कवरेज पनि रहनेछ।