Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ह्यारी केनले २०२६ को बालोन डी’ओर पुरस्कार जिते

Advertisement800×200-1

इंग्ल्यान्डका कप्तान ह्यारी केनले २०२६ को बालोन डी’ओर पुरस्कार प्राप्त गरेका छन्। काठमाडौं, १० कात्तिक। ३३ बर्षीय केनले विश्वकै उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्दै पाँचौँ अंग्रेज खेलाडीको रुपमा यो प्रतिष्ठित पुरस्कार हात पारेका छन्। सन् २००१ मा माइकल ओवेनपछि आफ्नो देशका पहिलो खेलाडी बनेका उनी लन्डनमा आयोजित समारोहमा किलियन एमबाप्पे र लामिन यामाललाई पछि पार्दै सम्मानित भए।

यसअघि स्टानली म्याथ्युज सन् १९५६, बबी चार्ल्टन १९६६, तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो पुरस्कार जितेका थिए। पुरस्कार प्राप्ति पश्चात् केनले आफ्नो करियरका उतार-चढावहरुको चर्चा गर्दै सफलता प्राप्त गर्न धैर्यता र कठिन परिश्रम अत्यावश्यक भएको बताएका छन्। प्रारम्भमा आफूलाई सम्भावित सुपरस्टारको रूपमा नदेखिएकोले आत्मविश्वास र दृढता कायम राख्नुपरेको उनले बताए।

इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलले केनको पुरस्कार जिताइमा खुसी प्रकट गरेका छन् भने बेलायती राजकुमार विलियमले उनलाई उत्कृष्ट कप्तान र असाधारण खेलाडीको रूपमा प्रशंसा गरेका छन्। केनले गत सिजन क्लबको लागि ५१ खेलमा ६१ गोल गरि इतिहास रचेका थिए, जुन बायर्न म्युनिखका लागि एक सिजनमा सबैभन्दा बढी गोल हो। यद्यपि, उनले गत विश्वकप र च्याम्पियन्स लिग सेमिफाइनलमा हार बेहोरे पनि बालोन डी’ओर पुरस्कार जित्न सफल भए।

केन बायर्न म्युनिखबाट बालोन डी’ओर जित्ने सन् १९८१ यता पहिलो खेलाडी बनेका छन्। उनको सफलतासँगै सोमबार राती वेम्बली रंगशालाका आर्चहरू सुनौलो प्रकाशले जगमगाएका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर