Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

गुवाहाटीको होटलमा गोली प्रहार हुँदा पाँच जनाको मृत्यु

Advertisement800×200-1

१० कात्तिक, काठमाडौं। भारतको गुवाहाटीमा एक होटलमा गोली प्रहार हुँदा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ। सोमबार राति गुवाहाटीको एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीचको विवादपछि गोली चलेको थियो। प्रहरीका अनुसार घटना सोमबार राति ९ बजेतिर आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडमा रहेको बोरा सेवाको विपरीतस्थित होटल बिलास इनमा भएको थियो।
‘छ जना मानिसलाई गोली लागेको थियो, जसमध्ये पाँच जनाको मृत्यु भएको छ। एक जनाको उपचार भइरहेको छ,’ प्रहरी आयुक्त पार्थ सारथी महन्तलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि एक जनालाई पक्राउ गरिएको छ। प्रहरी आयुक्तका अनुसार हत्या लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोलबाट गरिएको थियो। प्रहरीले घटनामा प्रयोग भएको हतियार बरामद गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर