

एनपीएलमा एक्सट्रीमको विशेष पुरस्कार : उत्कृष्ट खेलाडीलाई चाँदीको बल


काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक्सट्रीम इनर्जी ड्रिङ्क्सले आफूले प्रायोजन गरेका टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको छ। खेलमा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्सट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत उक्त उपहार प्रदान गरिनेछ।
खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान गर्ने उद्देश्यले एक्सट्रीमले यो पुरस्कारको व्यवस्था गरेको हो। यसअन्तर्गत एक्सट्रीम प्रायोजित टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मानित हुनेछन्।
पुरस्कारको व्यवस्थाअनुसार एक्सट्रीमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीका खेलाडीले सम्मान पाउने अवसर रहनेछ। यस्तो खेलमा एउटा टोलीबाट मात्र उत्कृष्ट खेलाडी छानिने नभई दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ।
यसरी एक्सट्रीम प्रायोजित दुई टोली आमनेसामने भएको खेलमा कुल दुई खेलाडी ‘एक्सट्रीम म्यान अफ द म्याच’ पुरस्कारबाट सम्मानित हुनेछन्। टोलीको नतिजासँगै खेलाडीले मैदानमा देखाएको व्यक्तिगत योगदानलाई पनि सम्मान दिनु यस पुरस्कारको प्रमुख उद्देश्य रहेको छ।
क्रिकेटमा टोलीको सफलताका लागि खेलाडीको व्यक्तिगत प्रदर्शनको महत्त्वपूर्ण भूमिका रहन्छ। ब्याटिङ, बलिङ वा फिल्डिङमार्फत खेलमा योगदान दिने खेलाडीका लागि यस्तो सम्मान थप हौसला बन्न सक्छ। चाँदीको बलको उपहारले उत्कृष्ट प्रदर्शनको पहिचानसँगै खेलाडीलाई आफ्नो मेहनतको स्मरणीय चिनोसमेत दिनेछ।
एनपीएलमा प्रायोजनमार्फत जोडिएको एक्सट्रीमले यस पुरस्कारसँगै खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने पहल अघि सारेको हो। प्रतियोगिताको प्रतिस्पर्धाबीच उत्कृष्ट खेलाडीलाई दिइने यो विशेष सम्मानले उनीहरूको कौशल र मेहनतलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर









