Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित

Advertisement800×200-1

जनकपुरका ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे। उनले ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे। जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा काठमाण्डुले दिएको ११६ रनको लक्ष्य १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्दै एनपीएलमा पहिलो जित दर्ता गर्‍यो। मोइन अलीले ५८ रन र सैफ हसनले ४० रन बनाउँदै अविजित ७९ रनको साझेदारी गरे।

जनकपुरका राहुल यादवले ४ विकेट लिएपछि काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो। १२ कात्तिक, काठमाडौं। जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो।

जनकपुरका लागि मोइन अलीले ५८ रन बनाउँदै ३ चौका र ३ छक्का प्रहार गरे। उनले सैफ हसनसँग तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए। हसन ३९ बलमा ४० रन बनाएर अविजित रहे। काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए।

काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो। जनकपुरका राहुल यादवले ४ ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए। काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। काठमाण्डुले खेल भर नै ठूलो साझेदारी बनाउन सकेन। आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्नेछन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर