Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मुम्बई इन्डियन्सले रोबिन उथप्पालाई ब्याटिङ प्रशिक्षक नियुक्त गर्यो

Advertisement800×200-1

मुम्बई इन्डियन्सले भारतका पूर्व ब्याटर रोबिन उथप्पालाई आईपीएल २०२७ अघि ब्याटिङ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। मुम्बईले मिचेल म्याक्लेनाघनलाई बलिङ प्रशिक्षक, टी दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई डेभलपमेन्ट बलिङ प्रशिक्षकको रूपमा पनि नियुक्त गरेको छ। नयाँ प्रशिक्षक टोलीको पहिलो चुनौती १६ डिसेम्बरमा गोवामा हुने आईपीएल २०२७ को मिनी अक्सन हुनेछ।

भारतका पूर्व ब्याटर र दुई पटकका आईपीएल विजेता रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकको रूपमा नियुक्त भएका छन्। मुम्बईले आफ्नो प्रशिक्षक टोलीमा नयाँ सदस्य थपेको हो। मुम्बईले न्युजिल्यान्डका पूर्व तीव्र गतिका बलर मिचेल म्याक्लेनाघनलाई बलिङ प्रशिक्षक, टी दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई डेभलपमेन्ट बलिङ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। उनीहरूले मुख्य प्रशिक्षक कायरन पोलार्डसँग मिलेर काम गर्नेछन्।

उथप्पा र म्याक्लेनाघन दुवैले खेलाडीका रूपमा मुम्बईबाट खेलिसकेका छन्। उथप्पाले सन् २००८ मा आईपीएलको पहिलो संस्करणमा मुम्बईबाट खेल्दै ३०.५८ को औसत र ११४.६९ को स्ट्राइक रेटमा ३२० रन बनाएका थिए। उनले सन् २०१४ मा कोलकाता नाइट राइडर्स र सन् २०२१ मा चेन्नई सुपर किंग्सबाट उपाधि जितेका थिए। म्याक्लेनाघनले सन् २०१५ देखि २०१९ सम्म मुम्बईबाट खेल्दै ५६ खेलमा ७१ विकेट लिएका थिए।

धवल कुलकर्णीले पनि मुम्बईबाट दुई चरणमा खेलिसकेका छन्। उनले सन् २००८ देखि २०१३ सम्म र सन् २०२० र २०२१ मा मुम्बईको प्रतिनिधित्व गरेका थिए। मुम्बईको नयाँ प्रशिक्षक टोलीको पहिलो चुनौती डिसेम्बर १६ मा गोवामा हुने आईपीएल २०२७ को मिनी अक्सन हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर