Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सबीच सहकार्य

Advertisement800×200-1

धनगढी फुटबल क्लब र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच सहकार्य भएको छ, जसअन्तर्गत सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरिएको छ। सम्झौताअनुसार डा. उपेन्द्र महतो अध्यक्ष, सुवास शाही सञ्चालक र अनुभव स्वाँर सिरोहिया कार्यकारी निर्देशक रहनेछन्। नयाँ कम्पनीअन्तर्गत धनगढी एफसीले नेपाल फुटबल लिगमा सहभागिता जनाउने र ग्रासरुट तथा महिला फुटबलमा लगानी गर्ने योजना बनाएको छ।

धनगढी एफसी र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सले फुटबल, क्रिकेटलगायत खेलकुदका गतिविधि अघि बढाउने उद्देश्यले सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरेका छन्। सहकार्यअनुसार धनगढी एफसीका अध्यक्ष तथा सञ्चालक सुवास शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको समान लगानी रहनेछ। काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको टोली काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्दै आएको छ।

धनगढी एफसीले हालै घोषणा भएको नेपाल फुटबल लिगमा सहभागिता जनाउनेछ। साथै, ग्रासरुट र महिला फुटबलको विकासका लागि पनि लगानी गर्ने योजना रहेको छ। धनगढी एफसीले स्थापना भएको छ वर्षदेखि फ्रेन्चाइज मोडलमा सञ्चालन हुँदै आएको नेपाल सुपर लिग (एनएसएल) मा प्रतिस्पर्धा गर्दै आएको छ।

धनगढी एफसीका सञ्चालक शाहीले नयाँ सहकार्यले नेपाली फुटबलमा लगानी भित्र्याउन सकारात्मक सन्देश दिने बताए। उनले यसले अन्य टोलीलाई पनि लगानी र सहकार्यका लागि प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे। सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्सका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सले क्रिकेटमा गर्दै आएको लगानीलाई अन्य खेलमा विस्तार गर्ने उद्देश्यले धनगढी एफसीसँग सहकार्य गरिएको बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर