Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो

Advertisement800×200-1

लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए। कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको कारण बिहीबार रातिदेखि परेको वर्षाका कारण खेल स्थगित गरिएको हो।

खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक–एक अंक बाँडेका छन्। क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ। उक्त खेल अपरान्ह ५:०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको छ, तर वर्षाले यस खेललाई पनि प्रभावित गर्ने सम्भावना रहेको छ। एनपीएल १४ कात्तिकदेखि सुरु भएको हो र यो मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर