Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बेलायतमा रहेका नेपाली खेलाडी साजन डंगोलले दुई विश्व कीर्तिमान कायम गरे

Advertisement800×200-1

बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुई दुर्लभ विश्व कीर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराएका छन्। डंगोलले सन् २०२४ फेब्रुअरी १६ मा एक घण्टामा २ हजार २१८ पटक जगलिङ गरेर पहिलो कीर्तिमान बनाएका थिए। सन् २०२६ मे १५ मा उनले लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म फुटबल नखसाली दुवै खुट्टा आलोपालो प्रयोग गरेर दोस्रो कीर्तिमान कायम गरे।

आइतबार बेलायतको बर्मिङ्घममा आयोजित पत्रकार सम्मेलनमा डंगोलले आफ्नो विश्व कीर्तिमानी उपलब्धि, फुटबल यात्रा, संघर्ष र सफलताको कथा सुनाए। ‘फुटबल पिचदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकमा आयोजित कार्यक्रममा उनले फुटबलसँग जोडिएको आफ्नो यात्रा र सगरमाथा आरोहणको अनुभवसमेत साझा गरे। फुटबलदेखि विश्व कीर्तिमानसम्म काठमाडौंको टोखामा जन्मिएका डंगोलले सानैदेखि फुटबल खेल्न थालेका थिए।

डंगोलले नेपालमा बीबीए अध्ययन पूरा गरेपछि सन् २०२१ मा थप अध्ययनका लागि बेलायत आएका थिए। उनले सन् २०२२ मा बर्मिङ्घम सिटी युनिभर्सिटीबाट म्यानेजमेन्ट एन्ड इन्टरनेसनल बिजनेसमा स्नातकोत्तर गरे। बेलायत आएपछि पनि फुटबललाई निरन्तरता दिएका उनले बर्मिङ्घम टाइगर्स, साल्टली स्टालियन्स र गुरु रविदासलगायतका क्लबबाट सेमीप्रो तथा नन–लिग फुटबल खेले।

साजनले सगरमाथा आरोहण पनि गरेका छन्। सन् २०२५ अप्रिल १९ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका उनले मे १४ मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। उनले आफ्नो जीवनमा विशेष उपलब्धि हासिल गर्ने प्रेरणा आमाबुबाको संघर्षबाट पाएको बताए। डंगोलले आफ्नो सफलतामा योगदान पुर्‍याउने र हौसला दिने परिवार, साथीभाइ, प्रशिक्षक, सहकर्मी तथा सबैप्रति आभार व्यक्त गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर