

रूस र युक्रेनका इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण


१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्। ह्याकर्सले दुवै देशका नागरिकलाई फर्जी अलर्ट पठाएका छन्, जसले केही समयका लागि मानिसहरूमा त्रासको स्थिति पैदा गरेको छ। यी सन्देशहरूमा रेडिएसनको खतरा र परमाणु आक्रमण जस्ता चेतावनीहरू समावेश थिए।
रूसको आपतकालीन मन्त्रालयले यसको अलर्ट एपमा ठूलो परिमाणमा साइबर आक्रमण भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार, यो आक्रमणको माध्यमबाट ह्याकरले गलत सूचनाहरू पठाउन सक्थे। तर मन्त्रालयले स्पष्ट पारेको छ कि देशको सार्वजनिक अलर्ट सिस्टम सामान्य तरिकाले काम गरिरहेको छ। युक्रेनको एयर रेड वार्निंग एपबाट पनि कथित साइबर आक्रमण पछि फर्जी चेतावनीहरू पठाइएको कुरा बाहिर आएको छ।
युक्रेनको सेन्टर फर स्ट्रटेजिक कम्युनिकेशन्सले यो साइबर आक्रमणका लागि रूसलाई जिम्मेवार ठहराएको छ। यस संगठनले सोशल मीडिया प्लेटफर्म एक्समा एक पोस्ट साझा गर्दै युक्रेनको एयर रेड एपमा देखिने केही अलर्टका तस्बिरहरू पनि जारी गरेको छ।

सम्बन्धित खबर









