भारतको गुजरात राज्यको सुरतस्थित एक ल्यान्डफिल साइटमा बारम्बार आगो लागिरहँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार सन् २०२६ मा मात्र यहाँ पाँच पटक आगो लागेको छ। आइतवार एक किलोमिटर लामो खण्डमा झन्डै १२ घण्टासम्म आगो बलेको थियो। यस पटकको आगलागीको कारण थाहा हुन सकेको छैन।