राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन हुनेछ। अनुमानअनुसार डेमोक्र्याटिक पार्टीले ५ अर्ब ५२ करोड डलर, रिपब्लिकन पार्टीले ५ अर्ब १२ करोड डलर र स्वतन्त्र उम्मेदवार तथा समूहहरूले १ अर्ब ३० करोड डलर खर्च गर्नेछन्।
सन् २०२२ को मध्यावधि निर्वाचनमा कुल ८ अर्ब ९४ करोड डलर खर्च भएको थियो। त्यसको तुलनामा यस वर्षको निर्वाचनमा खर्च करिब एकतिहाइले बढ्ने देखिएको छ। सन् २०२६ को मध्यावधि निर्वाचनभन्दा बढी चुनावी प्रचारप्रसारमा खर्च भएका निर्वाचन केवल दुईवटा छन्। ती सन् २०२० र २०२४ का राष्ट्रपतीय निर्वाचन हुन्। दुवै निर्वाचनमा करिब १५ अर्ब अमेरिकी डलर खर्च भएको थियो।