Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सहायता रोक्ने घोषणा

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्षको अन्त्यपछि इजरायललाई दिँदै आएको वार्षिक आर्थिक सहायता रोक्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहायता रोक्ने विषयमा सहमति भएको छ, तर अमेरिकाले हतियार बिक्री जारी राख्नेछ। अमेरिका–इजरायलबीचको वर्तमान सैन्य सहायता सम्झौता २०२८ सेप्टेम्बरसम्म कायम रहे पनि अमेरिकाले इजरायललाई वार्षिक ३ अर्ब ८० करोड डलर सहायता दिँदै आएको छ।

१८ कात्तिक, काठमाडौं। ट्रम्पले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका छन्। उनले इजरायली प्रधानमन्त्री नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको कुरा उल्लेख गरेका छन्। यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ। आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत गर्ने ट्रम्पले स्पष्ट पारेका छन्।

फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले यस वर्षको अन्त्यसम्म इजरायललाई आर्थिक सहायता दिन बन्द गरिने बताएका हुन्। तर, डिसेम्बरभित्रै सहायता कसरी रोक्ने भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन्। अमेरिका र इजरायलबीचको वर्तमान सैन्य सहायता सम्झौता भने सन् २०२८ को सेप्टेम्बरसम्म कायम छ।

इजरायललाई अमेरिकी सहायता रोक्ने घोषणा यस्तो समयमा आएको छ, जतिबेला अमेरिकाभित्र इजरायलप्रतिको समर्थन घट्दै गएको छ। विशेषगरी गाजामा इजरायली सैन्य कारबाहीलाई लिएर डेमोक्रेटिक पार्टीका नेताहरूले अमेरिकी सहयोगको आलोचना गर्दै आएका छन्। जुन महिनामा क्विनिपियाक विश्वविद्यालयले गरेको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाता र ६६ प्रतिशत डेमोक्रेटिक मतदाताले अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा व्यक्त गरेका थिए। ट्रम्पले सहायता रोक्ने घोषणालाई इजरायललाई अमेरिकी आर्थिक सहयोग आवश्यक नरहेको तर्कसँग जोडेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर