Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पको मध्यावधि चुनावी हारले इरान, इजरायल र युक्रेनमा कस्तो असर पार्ने?

Advertisement800×200-1

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पको विदेश नीतिमा दबाब बढेको छ र इरान, इजरायल तथा युक्रेनले त्यसको असर मूल्याङ्कन गरिरहेका छन्। इरानले निर्वाचन परिणामलाई अमेरिकी युद्धनीतिविरुद्धको जनमत भने पनि ट्रम्पले कूटनीति र थप सैन्य कारबाहीमध्ये कुन बाटो रोज्छन् भन्ने अनिश्चित छ। इजरायल र युक्रेन दुवैले अमेरिकी सहयोगको भविष्यबारे चासो देखाएका छन्, जबकि डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनमाथि थप राजनीतिक आधार पाएको छ। १९ कात्तिक, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो दुई वर्षमा दशकौँदेखि कायम अमेरिकी विदेश नीतिमा व्यापक फेरबदल गरेका छन्। उनले मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई असहज बनाउने गरी अमेरिकाको अन्तर्राष्ट्रिय भूमिकालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरेका छन्। तर मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको पराजयले उनको राजनीतिक शक्ति र विदेश नीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठेको छ। यसको असर अमेरिकाको सीमाभन्दा बाहिर पनि देखिन सक्छ। विशेषगरी इरान, इजरायल र युक्रेनले ट्रम्पको चुनावी धक्कालाई चासोका साथ हेरिरहेका छन्।

इरानका लागि यो परिणामले अमेरिकासँग कूटनीतिक सम्झौताको सम्भावना बढाउँछ कि थप सैन्य आक्रमणको जोखिम निम्त्याउँछ भन्ने महत्वपूर्ण हुनेछ। इजरायलका लागि अमेरिकी सैन्य सहयोग र दुई देशबीचको परम्परागत सम्बन्धको भविष्य चुनौतीपूर्ण बन्न सक्छ। युक्रेनका लागि भने रुससँगको युद्ध अन्त्य गर्न अमेरिकाले दिँदै आएको दबाब र सहयोगको निरन्तरतासँग यो विषय जोडिएको छ। निर्वाचन परिणामपछि डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनलाई चुनौती दिन थप राजनीतिक आधार पाएको छ। यद्यपि विदेश नीतिमा राष्ट्रपतिसँग अझै पर्याप्त कार्यकारी अधिकार रहेकाले उनले तत्कालै आफ्नो रणनीति परिवर्तन गर्नुपर्ने अवस्था छैन। मुख्य प्रश्न भनेको चुनावी पराजयपछि ट्रम्प सम्झौता र सहमतिका लागि लचिलो बन्छन् कि आफ्नो राजनीतिक प्रतिष्ठा जोगाउन विदेशमा थप आक्रामक कदम चाल्छन् भन्ने हो।

इरानले ट्रम्पको युद्धनीतिविरुद्ध अमेरिकी जनताको जनमतका रूपमा व्याख्या गरेको छ। तर यसले अमेरिकासँगको तनाव तत्काल अन्त्य हुने सुनिश्चितता भने गरेको छैन। ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा इरानसँगको युद्ध रिपब्लिकन पार्टीको चुनावी हारको एउटा कारण भएको स्वीकार गरेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि बुधबार सामाजिक सञ्जाल एक्समा लामो पोस्ट गर्दै रिपब्लिकन पार्टीको हारको कारण युद्ध भएको बताएका थिए। इरानले पछिल्लो आठ महिनादेखि क्षेत्रीय आर्थिक गतिविधिमा परेको असर र युद्धका कारण अमेरिकी जनताले भोग्नुपरेको महँगीलाई आफ्नो पक्षमा प्रयोग गर्दै आएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर