Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

अमेरिकी डेमोक्रेट सांसदहरूले ट्रम्पमाथि महाअभियोग लगाउने तयारी गर्दैछन्

Advertisement800×200-1

मध्यावधि निर्वाचनमा प्रतिनिधि सभा र सिनेट दुवैमा डेमोक्रेट्सले बहुमत जितेपछि ट्रम्प प्रशासनमाथि निगरानी र दबाब बढाउने तयारी भएको छ। डेमोक्रेट्सले ट्रम्प परिवार, डीएचएस, आईसीई र जेफ्री एपस्टिनसम्बन्धी दस्ताबेजमाथि छानबिन गर्ने बताएका छन्। तर, राष्ट्रपतिले भिटो प्रयोग गर्न सक्ने र ट्रम्पलाई हटाउन सिनेटमा दुईतिहाइ समर्थन चाहिने भएकाले डेमोक्रेट्सलाई कार्यान्वयनमा कठिनाइ रहनेछ। १९ कात्तिक, काठमाडौं।

मध्यावधि निर्वाचनमा अमेरिकी कंग्रेसका दुवै सदनमा बहुमत हासिल गरेपछि डेमोक्रेटिक पार्टीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढाउने अवसर प्राप्त भएको छ। नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा प्रतिनिधि सभा र सिनेट दुवैमा जित हासिल गरेपछि डेमोक्रेटिक पार्टी उत्साहित बनेको छ। डेमोक्रेटिक पार्टीका संसदीय नेता हकिम जेफ्रीजले निर्वाचन परिणामपछि ‘पुनरागमनको सुरुआत भएको’ भन्दै खुसी व्यक्त गरेका छन्।

आगामी जनवरीदेखि नयाँ सांसदहरूले कार्यभार सम्हालेपछि डेमोक्रेट्सले ट्रम्प प्रशासनका नीतिमाथि निगरानी बढाउने, सरकारी गतिविधिको छानबिन गर्ने र आफ्ना चुनावी प्रतिबद्धता कार्यान्वयनका लागि पहल गर्नेछन्। तर, ह्वाइट हाउसमा रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्प रहेकाले उनीहरूले अघि सार्ने विधेयक र नीतिगत प्रस्ताव कार्यान्वयनमा चुनौती रहनेछ। विशेषगरी महँगी नियन्त्रण, इरान युद्ध अन्त्य र सरकारी निकायमा भ्रष्टाचारको छानबिन डेमोक्रेट्सका लागि प्रमुख मुद्दा बन्ने देखिन्छ।

ट्रम्प प्रशासनका निर्णयमा छानबिनको तयारी प्रतिनिधि सभाको शक्तिशाली निगरानी समितिको नेतृत्व सम्हाल्न लागेका क्यालिफोर्नियाका सांसद रोबर्ट गार्सियाले ट्रम्पको बाँकी कार्यकाल सहज नहुने चेतावनी दिएका छन्। उनका अनुसार डेमोक्रेट्सले ट्रम्प परिवारको व्यावसायिक स्वार्थ, कर्पोरेट भ्रष्टाचार, गृह सुरक्षा मन्त्रालय (डीएचएस), आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई) का गतिविधि र जेफ्री एपस्टिनसम्बन्धी दस्ताबेजमाथि गहिरो छानबिन गर्नेछन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर