Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जित

Advertisement800×200-1

नेपालले बिहीबार भएको खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। चीनको जिङ्ग्सुमा जारी बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू-१९ महिला टोलीले दोस्रो जित हात पारेको छ। नेपालले बिहीबार हङकङलाई ९२ रनले पराजित गर्‍यो। मनिषा चौधरी र रचना चौधरीले ३-३ विकेट लिएपछि १४७ रनको लक्ष्य पछ्याएको हङकङ ५४ रनमै अलआउट भयो। १८ कात्तिक, काठमाडौं।

नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भइरहेको बेल्ट एण्ड रोड सिरिजमा दोस्रो जित हात पारेको छ। नेपालले बिहीबार भएको खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन्। २८ बल खेलेकी उनले ५ चौका र ३ छक्का प्रहार गरिन्। यस्तै ओपनर सावित्री धामीले २६ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ३६ रन जोडिन्।

तृसना विकले १२ र रचना चौधरीले ११ रन जोड्दा एन्जिला पाठक १३ रनमा अविजित रहिन्। हङकङकी स्टोर्म पार्कले ३ विकेट लिइन्। १४७ रनको उच्च लक्ष्य पछ्याएको हङकङले नेपालको कसिलो बलिङ सामु निरिह रह्यो र १८ ओभरमा ५४ रनमै अलआउट भयो। वाङ तुन सो र मान केइ लेउङले समान १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। हङकङलाई अलआउट गर्न नेपालका लागि मनिषा चौधरी र रचना चौधरीले ३-३ विकेट लिए। साक्षी यादवले २ विकेट लिइन्। खेलमा नेपालकी कप्तान सोनी पाख्रिन प्लेअर अफ दि म्याच घोषित भइन्। नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीन विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। चार टोली सहभागि सिरिजमा हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेल्नेछ। नेपालले आफ्नो चौथो खेलमा शुक्रबार थाइल्यान्डसँग खेल्नेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर