Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाल भारतसँग १० विकेटले पराजित

Advertisement800×200-1

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको समूह ए खेलमा नेपालले भारतसँग १० विकेटले पराजय भोगेको छ। नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो, जसमा दर्श सोनारले सर्वाधिक ४३ रन जोडे। भारतले १२९ रनको लक्ष्य १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो, जसमा आर्यविर सेहवागले अविजित ७२ रन बनाए।

२० कात्तिक, काठमाडौं। ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ। ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो। नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो। भारतका लागि आर्यविर सेहवागले ५२ बलमा ७ चौका प्रहार गर्दै अविजित ७२ रन बनाए। यस्तै कप्तान तथा ओपनर लक्ष्य राईचन्दनीले ६३ बल खेल्दै ७ चौका मदतमा ५२ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनमा अलआउट भएको थियो। नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर आशिष लुहारले २९ तथा ओपनर निरज कुमार यादवले २० रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतका इशान सुद र अर्जुन राजपुतले ३-३ विकेट लिए। भुत्कुरी यसभिर गौडले २ विकेट लिए। नेपालले आफ्नो दोस्रो खेल आइतबार युएईसँग खेल्नेछ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर