Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाली एमएमए फाइटर कोसिसको इन्डिया फाइट लिगमा उत्कृष्ट जित

Advertisement800×200-1

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा उत्कृष्ट जित हासिल गरेका छन्। कोसिसले मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटको आधारमा पराजित गरेका हुन्। ‘दी अनस्टपेबल’ उपनामले परिचित कोसिस दिल्ली फ्रेन्चाइजको प्रतिनिधित्व गर्दै खेलिरहेका छन्।

फ्रेन्चाइज आधारित मिक्स मार्सल आर्ट्स प्रतियोगिता (आईएफएल) मा ६ टिमका ७२ फाइटरहरूले प्रतिस्पर्धा गर्छन्। आइएफएल युएफसी फाइट पासको रूपमा रहेको छ। क्रिकेटको आइपीएल र कबड्डीको प्रो कबड्डी शेलीमा यो एमएमए लिग आयोजना भइरहेको छ। पछिल्लो समयमा नेपालमा एमएमएको चर्चा बढिरहेको छ। आइएफएलमा कोसिसको सहभागिताले नेपाली एमएमएको बढ्दो चर्चालाई अझ व्यापक बनाएको छ। कोसिसले यसअघि श्रीलंकामा कर्मा फाइट लिगमा पनि प्रतिस्पर्धा गरिसकेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर