Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

तेइस वर्षसम्म फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तुबाट स्वस्थ शिशुको जन्म

Advertisement800×200-1

क्यासान्ड्रा बेकन १७ वर्षकी हुँदा उनलाई हजकिन लिम्फोमा भएको पत्ता लाग्यो। यो एक दुर्लभ प्रकारको रक्त क्यान्सर हो। केमोथेरापीको पहिलो चरणपछि क्यान्सर नियन्त्रणमा त आयो तर एकै वर्षपछि फर्कियो। यसपटक अवस्था झन् गम्भीर भएकाले डाक्टरहरूले तत्काल यसअघि दिइएको भन्दा शक्तिशाली केमोथेरापी सुरु गर्नुपर्ने बताए। “जुन उमेरमा मान्छेले गाडी चलाउन सिकिराखेको हुन्छ, विद्यालयको अन्तिम परीक्षाको तयारी गरिराखेको हुन्छ, त्यतिबेला यस्तो परिस्थितिबाट गुज्रनु निकै कठिन हुन्छ। त्यो समय मेरा लागि अत्यन्तै कठिन थियो,” बीबीसी वर्ल्ड सर्भिसको कार्यक्रम ‘न्यूजआवर’सँग कुरा गर्दै उनले भनिन्।

बेकन किशोरावस्थामै थिइन्। तर, क्यान्सरविरुद्धको उपचारले भविष्यमा आफ्नो शरीरमा पार्न सक्ने असर र आमा बन्ने सम्भावना कसरी सुरक्षित राख्ने भन्नेबारे पनि सँगसँगै सोचिरहेकी थिइन्। डिम्ब निकालेर फ्रिज गरी सुरक्षित राख्न महिनावारीको प्रतीक्षा गर्नुपर्थ्यो। बेकनसँग त्यति समय थिएन। त्यसैले उनले अर्को एउटा विकल्प अपनाउन जोड दिइन्। उक्त प्रक्रियामा डिम्ब उत्पादन गर्ने तन्तुको केही भाग डिम्बाशयबाट निकालेर फ्रिज गरी सुरक्षित राखिन्छ। पछि आवश्यक परेको बेला उक्त तन्तुलाई पुनः शरीरमा प्रत्यारोपण गरिन्छ। बेकनका हकमा त्यही प्रक्रिया अपनाइयो।

उनको डिम्बाशयबाट निकालिएका तन्तुका नमूना २३ वर्षसम्म फ्रिज गरेर सुरक्षित राखिए। अनि, उनी ४४ वर्षकी हुँदा ती तन्तुहरू पुनः उनको शरीरमा प्रत्यारोपण गरियो। गत महिना उनले आफ्नो पहिलो सन्तानलाई जन्म दिइन्। उनका छोरा ल्यान्डनलाई २० वर्षभन्दा बढी समयसम्म फ्रिज गरेर सुरक्षित राखिएका डिम्बाशयका तन्तुहरू पुनः शरीरमा प्रत्यारोपण गरेपछि जन्मिएको संसारकै पहिलो शिशु ठानिएको छ। बेकन भन्छिन्, “किन हो थाहा छैन तर म भविष्यमा मैले आशङ्का गरेजस्तै प्राकृतिक रूपमा गर्भधारण गर्न सकिनँ भने पनि आमा बन्ने आशा नै त्याग्नुपर्ने अवस्था स्वीकार्न तयार थिइनँ।”


Advertisementadv-800×200.png

सम्बन्धित खबर