Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

इन्डोनेशियामा डढेलो निभाउन गएको हेलिकप्टर नदीमा खस्दा एक जनाको मृत्यु

Advertisement800×200-1

इन्डोनेशियामा डढेलो निभाउने अभियानमा संलग्न एउटा हेलिकप्टर नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने अरू दुई जनाको उद्धार गरिएको छ। उद्धार गरिने दुवै जना विदेशी नागरिक हुन्।

इन्डोनेशियाली अधिकारीहरूले उक्त घटनाबारे छानबिन थालिएको भन्दै डढेलो निभाउने प्रयास जारी राखिने जनाएका छन्। इन्डोनेशियामा केही महिनादेखि डढेलो प्रकोप बनेर फैलिएको छ। एल निन्योका कारण डढेलो अझ उग्र भएको बताइन्छ। उक्त डढेलोका कारण दक्षिणपूर्वी एशियाका विभिन्न स्थानलाई विषालु तुवाँलो ढाकेको छ.


Advertisementadv-800×200.png

सम्बन्धित खबर