Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पले भने, ‘म एक धार्मिक व्यक्ति हुँ, त्यसैले म स्वर्ग जान्छु’

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘६० मिनेट’ अन्तर्वार्तामा मृत्युपछिको जीवनबारे कुरा गर्दै आफू स्वर्ग जान चाहेको बताएका छन्। उनले बारम्बार ज्यान मार्ने प्रयासबाट बच्नुपरेको र राजनीतिक शत्रुप्रति क्षमा नदिने अडान दोहोर्याएका छन्। ट्रम्पले अमेरिकी वायुसेनाका पाइलटहरूले उडानका क्रममा देखेका अनौठा युएफओका बारेमा पनि कुरा गर्दै ती विवरण अचम्म लाग्ने बताएका छन्।

ट्रम्पले सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’का संवाददाता रस डुथाटसँगको अन्तर्वार्तामा आफ्नो जीवन, मृत्यु, राजनीतिक शत्रुहरूप्रति रोष र अज्ञात उडान वस्तुहरू (युएफओ) बारेका रोचक र अनपेक्षित खुलासा गरेका छन्। ८० वर्षीय ट्रम्पले यस अन्तर्वार्तामा मृत्युपछिको जीवन र वायुसेनाका पाइलटहरूसँग भएका भेटघाटबारे खुलेर कुरा गरे।

पत्रकार रस डुथाटले ट्रम्पलाई हत्याका प्रयासहरूबाट बाँचेपछि मृत्युप्रतिको दृष्टिकोणमा परिवर्तन आएको छ कि छैन भनी प्रश्न गरेका थिए। ट्रम्पले जवाफमा भने, ‘मलाई आशा छ मलाई मानिसहरूले सम्झनेछन्। म एक धार्मिक व्यक्ति हुँ, त्यसैले सिद्धान्ततः म स्वर्ग जानुपर्छ। म आशा गर्छु, किनकि म नरक जान चाहन्नँ।’

अन्तर्वार्ताको अन्त्यतिर, ट्रम्पले वायुसेनाका पाइलटहरूले सुनाएका ‘अत्यन्त अनौठो’ युएफओका कथाहरूको बारेमा पनि चर्चा गरे। उनले भने, ‘यी मानिसहरू कुनै षड्यन्त्र सिद्धान्तकार (कन्स्पिरेसी थ्योरिस्ट्स) होइनन्। उनीहरू फिल्म ‘टम क्रूज’ जस्तै युवा, आकर्षक र पूर्ण रूपमा दक्ष छन्। उनीहरू आफ्नो क्षेत्रका असली खेलाडी हुन्।’


Advertisementadv-800×200.png

सम्बन्धित खबर