Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पको चुनावी धक्कापछि इरान खुसी, अराघचीले के भने?

Advertisement800×200-1

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन्। गत साता अमेरिकामा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्कापछि वासिङ्टनको धारणा परिवर्तन हुने हो कि भन्ने प्रतीक्षामा इरान रहेको उनको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले पनि इरानमाथि अमेरिका र इजरायलले गरेको युद्ध आफ्नै पार्टीको चुनावी पराजयको एउटा प्रमुख कारण बनेको स्वीकार गरेका छन्।

‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन्। अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन्। उनले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको उल्लेख गर्दै युद्धका सबै मोर्चामा अन्त्य गर्नेसहितका सर्त पूरा गरे परिणाम देखिने बताएका छन्। ‘सर्तहरू पूरा गर्नुहोस्, जसमा सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय पनि समावेश छ। त्यसपछि परिणाम देख्नुहुनेछ। अन्यथा युद्ध रोज्नुहोस्, हाम्रा सतर्क र युद्धको अनुभवले खारिएका योद्धाहरूले कस्तो जवाफ दिन सक्छन् भन्ने पनि देख्नुहुनेछ,’ अराघचीले लेखेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर