Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालका कार्यवाहक राजदूतको भनाइ

Advertisement800×200-1

लन्डनको ह्वाइटहलस्थित सेनोताफमा आइतबार ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम आयोजना गरी युद्धमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरियो। नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले समारोहमा ‘रिथ’ चढाउँदै वीर गोर्खा सैनिकलगायत देशका लागि प्राण आहुति दिने सपूतप्रति श्रद्धाञ्जली अर्पण गर्न पाउनु सम्मानको विषय भएको बताए। रोयल ब्रिटिश लिजनको परेडमा गोर्खा पूर्वसैनिकसहित करिब १० हजार पूर्वसैनिक सहभागी भए, र दोस्रो विश्वयुद्धका १२ पूर्वसैनिक पनि उपस्थित थिए। २४ कात्ति, लन्डन।

युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ। आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो। ‘रिमेम्बरेन्स सन्डे’ पहिलो विश्वयुद्धको अन्त्यको वार्षिकोत्सव नोभेम्बर ११ नजिकको नोभेम्बरको दोस्रो आइतबार मनाइन्छ। दुई मिनेट मौनधारण गर्दै बेलायती राजा चाल्र्स तृतीयले नेतृत्व गरेको उक्त सभामा राजा एवं बेलायतबाहेक कमनवेल्थ राष्ट्र, आयरल्याण्ड र नेपालका प्रतिनिधिले समेत ‘रिथ’ चढाए।

रिमेम्बरेन्स सन्डेमा नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीले सैनिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘रिथ’ चढाएका थिए। दुवाडीले औपचारिक समारोह शुरु हुनुअघि प्रधानमन्त्री एण्डी बर्नहाम र विदेशमन्त्री इड मिलिब्याण्डसँग भएको संक्षिप्त कुराकानीमा उनीहरुले नेपालले पछिल्लो पटक भोगेको प्राकृतिक विपत्तिबारे दुःख र चासो व्यक्त गरेका जनाए।

बेलायत संलग्न युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा पुष्पहार अर्पण गर्ने क्रममा पहिलोपटक प्रधानमन्त्री एन्डी बर्नहामसँगै ९ जना पूर्व प्रधानमन्त्रीहरूको पनि रेकर्ड ब्रेक उपस्थिति रह्यो। कार्यक्रममा जीवित पूर्व प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ज्येष्ठ ८३ वर्षीय जोन मेजर, सबैभन्दा पछिल्ला पूर्व प्रधानमन्त्री किअर स्टार्मर, सबैभन्दा छोटो कार्यकाल रहेकी लिज ट्रस, डेभिड क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर, टेरेजा मे, ऋषि सुनक र बोरिस जोन्सन सहभागी थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर