Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेतन्याहूको नयाँ प्रस्ताव: राष्ट्रिय एकताको सरकार गठनको प्रयास

Advertisement800×200-1

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने प्रयासमा जुटेका छन्। अक्टोबरमा भएको निर्वाचनमा उनका गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन्। पछिल्ला केही दिनमा निर्वाचन अभियानका क्रममा एकअर्कामाथि तीव्र व्यक्तिगत आरोप लगाएका नेतन्याहूले राष्ट्रिय एकता र विपक्षी दलसँग मिलेर सरकार गठन गर्नुपर्ने विषय उठाउन थालेका छन्। शनिबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख गादी आइजेनकोटलाई संसद्मा बहुमत जुटाउनसक्ने सरकार गठनको जिम्मेवारी दिएका थिए। सोही दिन नेतन्याहूले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अरब दलहरूको समर्थनमा सरकार बने इजरायलमा गृहयुद्धको वास्तविक खतरा उत्पन्न हुनसक्ने दाबी गरे। उनले अरब दलहरूमाथि इजरायल राज्यलाई समाप्त पार्न चाहेको आरोपसमेत लगाए।

दुई दिनपछि अर्को भिडियो सार्वजनिक गर्दै नेतन्याहूले विपक्षी गठबन्धनका नेताहरूलाई वर्तमान परिस्थितिको आवश्यकता बुझ्न आग्रह गरे। उनले अति दक्षिणपन्थी दलका नेता बेजालेल स्मोट्रिच र इतामार बेन गभिर तथा अति रूढिवादी यहुदी दलहरूलाई समेत समेटेर आफ्नै नेतृत्वमा एकीकृत सरकार बनाउन प्रस्ताव गरे। इजरायलका पूर्वसरकारी सल्लाहकार ड्यानियल लेभीले सरकार गठनअघिका वार्ताहरूलाई राजनीतिक रणनीति, दबाब र मनोवैज्ञानिक खेलको संज्ञा दिएका छन्। मंगलबार नयाँ संसद (नेसेट) का सदस्यहरूले शपथ लिने तयारी भइरहेका बेला सरकार गठनमा अति रूढिवादी यहुदी दलहरूको भूमिकालाई लिएर चर्चा तीव्र भएको छ।

ती दलहरूले विगतमा आफ्ना धार्मिक विद्यालयमा अध्ययनरत युवाहरूलाई अनिवार्य सैन्य सेवाबाट छुट दिलाउने सर्तमा नेतन्याहूको गठबन्धनलाई समर्थन गर्दै आएका थिए। तर, सन् २०२४ जुनमा इजरायलको सर्वोच्च अदालतले अति रूढिवादी यहुदी पुरुषलाई पनि अनिवार्य सैन्य सेवामा सहभागी गराउनुपर्ने आदेश दिएको थियो। निर्णायक अति रूढिवादी दल नेतन्याहूलाई राष्ट्रपति हर्जोगले सरकार गठनको जिम्मेवारी दिन अस्वीकार गरेको संयुक्त तोराह यहुदी धर्म पार्टी (यूटीजे) ले आइजेनकोटलाई समर्थन गर्न सक्ने संकेत देखिएको छ। विपक्षी गठबन्धनका प्रमुख नेता अविग्दोर लिबरम्यानले अरब दलसँग सहकार्य गर्नुभन्दा नेतन्याहूलाई पुनः सत्तामा आउन दिनु वा अर्को निर्वाचनमा जानुपर्ने अवस्था स्वीकार्नुपर्ने दबाबको सामना गरिरहेको बताइएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर