Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भीमफेदी ईभी माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ११ जनाको पहिचान भएको

Advertisement800×200-1

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालकसहित ११ जनाको पहिचान भएको छ । बाँकी तीन जनाको पहिचान खुल्न बाँकी छ । मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका १० जना छन् ।

प्रहरीका अनुसार सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको पहिचान भएको हो । दुर्घटनामा घाइते भएका ६ जनामध्ये ३४ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि मेडिसिटी अस्पताल पठाइएको छ । ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान करिब ५ बजेर ४५ मिनेटमा भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर