Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सर्वोच्च अदालतमा चार न्यायाधीशको नियुक्ति

Advertisement800×200-1

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम शुक्रबार उनीहरूलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतको न्यायाधीशमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी नियुक्त भएका हुन्।

डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। सारु उच्च अदालत पाटनमा, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासमा र डाँगी उच्च अदालत जनकपुरको वीरगन्जस्थित अस्थायी इजलासमा न्यायाधीश थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर