Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

ट्रम्पले इरानलाई अमेरिकामा आक्रमण नगर्न चेतावनी दिएका छन्

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन्। वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन्। फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने बताए। ‘यदि त्यस्तो भयो भने उनीहरूले अहिलेसम्म कुनै पनि देशले नचुकाएको मूल्य चुकाउनुपर्नेछ,’ उनले भने।

इरानलाई ‘सन्की’ को संज्ञा दिँदै ट्रम्पले अमेरिकाले यस विषयलाई निकै गम्भीरतापूर्वक लिएको बताए। यही कारण इरानलाई आणविक हतियार राख्न दिन नहुने उनको भनाइ थियो। यसअघि सोमबार सीएनएनले सार्वजनिक गरेको एक रिपोर्टमा नयाँ गुप्तचर सूचनाले इरानले अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ विस्फोट गराउने योजना बनाइरहेको हुनसक्ने संकेत गरेको उल्लेख थियो। डर्टी बममा परम्परागत विस्फोटक पदार्थसँगै रेडियोधर्मी सामग्री प्रयोग गरिन्छ, जसले विस्फोटपछि विकिरण फैलाउन सक्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर