Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिस र इजरायलका प्रधानमन्त्री नेतान्याहुको भेटमा हात नमिलाउने घटना

Advertisement800×200-1

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसबीच जेरुसेलममा भएको भेटमा हात मिलाउने क्षण चर्चामा आएको छ। नेतान्याहुको निमन्त्रणामा नोभेम्बर १६ देखि १८ सम्म इजरायल पुगेका बाबिससँग रक्षा सहकार्य, सुरक्षा, स्वास्थ्य, प्रविधि र बालबालिकाको संरक्षणमा छलफल भएको छ। नेतान्याहुले इरानको क्षेप्यास्त्र, आणविक कार्यक्रम र आतंकवाद युरोपका लागि पनि खतरा भएको भन्दै चेक गणतन्त्रसँग अर्को पुस्ताको प्रतिरक्षा प्रणालीमा सहकार्य हुने बताएका छन्।

इजरायलको जेरुसेलममा दुई नेताको संयुक्त उपस्थितिका क्रममा नेतान्याहुले बाबिसतर्फ हात बढाएको देखिन्छ। तर बाबिसले तत्काल हात समातेको देखिँदैन। बाबिस नेतान्याहुसँग आफ्नो देशको बारे गुणगान गरिरहेको सुनिन्छ। मनीकन्ट्रोलका अनुसार भ्रमणकै क्रममा पछि दुवै नेताले हात मिलाएका थिए र द्विपक्षीय विषयमा छलफल पनि गरेका थिए। बाबिस नोभेम्बर १६ देखि १८ सम्मको तीनदिने कार्यकारी भ्रमणका लागि इजरायल पुगेका हुन्।

भ्रमणको पहिलो दिन नोभेम्बर १६ मा बाबिसले जेरुसेलमस्थित नेतान्याहुको कार्यालयमा भेटवार्ता गरेका थिए। सुरुमा दुई नेताबीच एक्लाएक्लै छलफल भएको थियो। त्यसपछि दुवै देशका परराष्ट्र, रक्षा, स्वास्थ्य तथा अन्य मन्त्री र उच्च सुरक्षा अधिकारी सहभागी विस्तारित बैठक भएको थियो। संयुक्त पत्रकार भेटघाटमा नेतान्याहुले चेक गणतन्त्रलाई इजरायलको पुरानो र निकट मित्रराष्ट्र भन्दै प्रशंसा गरेका थिए। उनले सन् १९४८ मा इजरायल राष्ट्र स्थापना हुँदा तत्कालीन चेकोस्लोभाकियाले हतियार र विमान उपलब्ध गराएर सहयोग गरेको स्मरण गरेका थिए।

नेतान्याहुले इजरायली प्रविधिले अहिले चेक गणतन्त्रको आकाश सुरक्षामा सहयोग गरिरहेको र दुवै देश अर्को पुस्ताको प्रतिरक्षा प्रणालीमा सहकार्य गर्न लागेको बताएका थिए। उनले इरानको क्षेप्यास्त्र, आणविक कार्यक्रम र आतंकवादलाई इजरायल मात्र नभई युरोपका लागि पनि खतरा भन्दै भनेका थिए, ‘इरानका क्षेप्यास्त्र इजरायलको सीमामा रोकिँदैनन्। त्यसको आतंकवाद र आणविक महत्त्वाकांक्षा पनि त्यहीँ रोकिन्न। युरोप दर्शक मात्र होइन, लक्ष्य पनि हो।’ बाबिसले पनि इजरायलको रक्षा प्रविधिको प्रशंसा गर्दै आफ्नो देशलाई सुरक्षित र लगानीका लागि उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए। तीनदिने भ्रमण नोभेम्बर १८ मा सकिने कार्यक्रम छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर