Skip to main content

ग्रीसमा डढेलो निभाउन खटिएका दुई हेलिकप्टर आकाशमै ठोक्किए

ग्रीसमा डढेलो निभाउन खटिएका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुर्घटना हुँदा चालकदलका दुई सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेहरूमध्ये एक हेलिकप्टरका पाइलट र ग्रीसको अग्नि नियन्त्रण सेवा सम्पर्क अधिकृत रहेका छन्। मृत पाइलट डेनमार्कका नागरिक रहेको जानकारी प्राप्त भएको छ।

दोस्रो हेलिकप्टरले आकस्मिक अवतरण गरेको थियो। त्यस हेलिकप्टरमा रहेका ब्रिटिश पाइलट र ग्रीसका अधिकारी सामान्य चोटपटकसहित सुरक्षित भएका छन्।