
वर्षातको मौसममा ओसिलोपनका कारण छिट्टै बिग्रने धनियाँ र हरियो खुर्सानीलाई विशेष ध्यान दिएर राख्दा यी सामग्रीहरूलाई लामो समयसम्म ताजा राख्न सकिन्छ। वर्षातमा धेरै ठाउँमा पानी भरिने र हावामा उच्च आर्द्रता रहन्छ। यसले गर्दा बजारबाट ल्याइएका तरकारीहरू छिट्टै बिग्रने सम्भावना हुन्छ। धनियाँ र हरियो खुर्सानी त हाम्रो भान्साको अनिवार्य सामग्री हुन्। यी दुवै सागसब्जीहरू छिटो बिग्रने र ओइलिने समस्या हुँदछ। यद्यपि, केही सरल उपायहरू अपनाएमा घरमा ल्याइएका धनियाँ र खुर्सानीलाई लामो समयसम्म ताजा राख्न सकिन्छ।
धनियाँलाई लामो समय ताजा राख्नका लागि धनियाँको जरालाई पानीमा भिजाएर राख्न सकिन्छ। धनियाँको मात्रा अनुसार एउटा जग, बट्टा वा कुनै भाँडोमा धनियाँ राखेर त्यसको डाँठसम्म पानीले भिजाउनुपर्छ। यस प्रकार राख्दा धनियाँ लामो समयसम्म ताजा रहन्छ। धनियाँका डाँठहरू पूर्ण रुपमा पानीमा डुबाउने प्रक्रिया आवश्यक हुन्छ। अन्य केही उपायहरू पनि छन्। धनियाँलाई टिस्यु पेपरमा बेरेर राख्दा बाक्लो टिस्यु पेपर वा नरम कागजले पोखिएको पानी सोस्ने र छिटो बिग्रनबाट बचाउने काम गर्छ। हावा नछिर्ने कन्टेनरमा राख्नुभन्दा पहिले धनियाँ राम्ररी सफा गरी त्यसमाथि टिस्यु, कागज वा सफा कपडा राखेर भण्डारण गर्नुपर्छ जुन लाभदायक हुन्छ।
खुर्सानीलाई कसरी ताजा राख्ने? खुर्सानीको डाँठहरू हटाएर फ्रिजमा राख्दा खुर्सानी छिटो बिग्रनबाट बच्छ। डाँठहरूमा बढी ओसिलोपन रहन्छ जसले गडबडी उत्पन्न गर्न सक्छ, त्यसैले डाँठहरू हटाउनु उचित हुन्छ। बजार वा बारीबाट सिधै ल्याइएको खुर्सानीमा हिलो, दाग वा फोहोर लाग्न सक्छ। यस अवस्थामा धोएर पानी सुकाएर मात्र फ्रिजमा राख्नुपर्छ, जसले ताजापनलाई लामो समयसम्म कायम राख्न मद्दत गर्दछ। हरियो खुर्सानीलाई हावा नछिर्ने कन्टेनरमा राख्दा तल्लो भागमा पेपर वा सफा कपडा राखेर कन्टेनर राम्ररी बन्द गर्नुपर्छ, यसले खुर्सानीलाई ताजा राख्न सहयोग गर्छ। ध्यान दिनुपर्ने कुरा के हो भने धनियाँ टिप्दा जरासहित टिप्नु उपयुक्त हुन्छ। बजारबाट जानाजान जरासहितको धनियाँ किन्दा दीर्घकालसम्म ताजा राख्न सजिलो हुन्छ। खुर्सानी संङ्कलन गर्दा एउटै ठाउँमा धेरै राख्ने र बारम्बार निकाल्ने-फेरि राख्ने चलनले बिग्रने खतरालाई बढाउँछ, त्यसैले साना- साना भागमा छुट्टाछुट्टै भाँडो वा स्थानमा राखेर आवश्यकतानुसार मात्र निकालेर प्रयोग गर्दा ताजापन बढी टिक्छ।






