कुर्स्क सीमावर्ती क्षेत्रमा ३०० भन्दा बढी नागरिकको अवस्था अझै अनिश्चित

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आक्रमणपछि कम्तीमा ३०२ जना बासिन्दाको अवस्था अझै सम्पर्कविहीन रहेको रुसी मानवअधिकार आयुक्त याना लान्त्रातोभाले जानकारी दिइन्। सन् २०२४ अगस्ट ६ मा युक्रेनी सेनाले गरेको आक्रमणमा हालसम्म ७६ हजारभन्दा धेरै युक्रेनी सैनिक हताहत भएको रुसी पक्षको दाबी छ।
रुसी जनरल स्टाफ प्रमुख भलेरी गेरासिमोभले कुर्स्क क्षेत्रलाई युक्रेनी सशस्त्र बलबाट पूर्णरूपले मुक्त गरिएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिएका थिए। २१ साउन, काठमाडौं। युक्रेनी सेनाले सन् २०२४ को अगस्ट ६ मा कुर्स्क क्षेत्रमा आक्रमण सुरु गरेको थियो। उक्त आक्रमणपछिका सीमा क्षेत्रमा रहेका ३०२ जना बासिन्दाको अवस्था अझै अज्ञात रहेको छ।
लान्त्रातोभाले रुसी समाचार संस्था तासलाई जानकारी दिँदै भनेकी छन्, “सम्पर्कविहीन भएका स्थानीय बासिन्दाको खोजी प्रारम्भिक दिनदेखि नै सबैभन्दा ठूलो चुनौती बनेको छ।” उनले थपिन्, “३०२ जना मानिसको अवस्था अहिलेसम्म पनि अज्ञात छ।” कुर्स्क क्षेत्रमा भएको कारबाही क्रममा युक्रेनी सेनाका ७६ हजारभन्दा धेरै सैनिक मारिएका वा घाइते भएका छन्। यसैक्रममा ७ हजार ७ सयभन्दा बढी सैन्य उपकरण नष्ट भएका छन्। साथै करिब ४३० जना युक्रेनी सैनिक नियन्त्रणमा लिइएका छन्।






