Skip to main content

जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी धरानबाट पक्राउ, झुम्का कारागार पुनः पठाइयो

सुनसरीको झुम्का कारागारबाट फरार भएका ३५ वर्षका भूपाल राईलाई प्रहरीले शनिबार धरानबाट पक्राउ गरेको छ। धनकुटाको सागुरीगढी–९ का बासिन्दा राई लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए। गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा फरार भएका उनलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ। २४ साउन, सुनसरी। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदी धरानबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी–९ बस्ने ३५ वर्षीय भूपाल राई रहेका छन्। प्रहरीका अनुसार उनी शनिबार धरानबाट पक्राउ परेका छन्। पक्राउ परेका राईलाई बाँकी कैद भुक्तानका लागि आइतबार झुम्का कारागार पठाइएको छ। गत २३/२४ भदौको जेनजी आन्दोलनमा उनी सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए। उनी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए।