Skip to main content

नेपालले तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक प्राप्त गर्यो

चीनको नानजिङमा सम्पन्न तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीहरूले ४ स्वर्ण, ५ रजत र ६ कांस्य गरी कुल १५ पदक जितेका छन्। काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार, उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका हुन्।

टोली प्रशिक्षक पुजन खड्काको नेतृत्वमा सहभागी नेपाली खेलाडीहरूले विभिन्न स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पदकहरू हासिल गरेका छन्। रजत पदक जित्नेमा लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्ट रहेका छन्।

कांस्य पदक जित्ने खेलाडीहरूमा सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारी रहेका छन्।