
२५ साउन, विराटनगर। सुरक्षा प्रविधि क्षेत्रमा सक्रिय ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्न लागेको छ। यो एक्स्पो ३१ साउनका दिन मोरङको विराटचोकमा रहेको नेपालरिका होटलमा हुने छ। आर्टिफिसियल इन्टेलिजेन्स सहितको सुरक्षा प्रणालीमा काम गर्दै आएको हिकभिजनका नवीनतम उत्पादन र प्रविधिहरू यस प्रदर्शनीमा प्रस्तुत गरिनेछन्, जसका लागि नेपालका लागि आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्रालिका प्रमुख मनिकुमार तामाङले जानकारी दिएका छन्।
उनका अनुसार, एक्स्पोमा घरेलु तथा साना व्यवसायको सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापनसँग सम्बन्धित प्रविधिहरू, अग्रिम जानकारी दिने अलार्म सुरक्षा प्रणाली, ताररहित घर सुरक्षा प्रविधि र नविनतम उत्पादनका आठवटा स्टलहरू उपलब्ध हुनेछन्। यस एक्स्पोमा हालसालै देखा परेका सुरक्षा चुनौतीहरुलाई प्रविधिले कसरी सजिलो बनाउँछ भन्ने विषयमा विज्ञहरूले समेत जानकारी दिनेछन्। कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यो एक्स्पोको व्यवस्थापन एल्पनाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आइटी सोलुसन इटहरी, आरएस कम्युटर दमक र तेजस्वी कम्युटर सपोर्ट विराटमोडले गर्दैछन्। व्यावसायिक र घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुर्याउने लक्ष्यका साथ एल्पनाइन टेक्नोलोजीजका सञ्चालक सुरज ढुंगानाले यस एक्स्पोको महत्त्व व्यक्त गरे।






