Skip to main content

गुजरातको गाउँमा १३ मिटर गहिरो इनारबाट सिंहिनीको उद्धार

भारतको गुजरातस्थित जुनागढ जिल्लाको एक गाउँमा १३ मिटर गहिरो इनारमा खसेकी सिंहिनीलाई उद्धार गरी बाहिर निकालिएको छ। उद्धारको भिडियो सार्वजनिक भएको छ। स्थानीय किसानहरूले इनारमा फसेकी असहाय सिंहिनीलाई देखेर वन विभागलाई खबर गरेका थिए, जसपछि उद्धार टोली त्यहाँ पुगेको थियो। उद्धारमा करिब दुई घण्टा लागेको थियो।

उद्धारपछि, उक्त सिंहिनीलाई पशु हेरचाह केन्द्रमा परीक्षण गरिएको थियो र पुनः जंगलमा छोडिएको छ। यो घटना भएको ठाउँको नजिकै गिर राष्ट्रिय निकुञ्ज रहेको छ, जहाँ भारतमा लोपोन्मुख अवस्थामा रहेको एशियाली सिंह पाइन्छ।