Skip to main content

उत्तरी गोलार्धमा दुर्लभ सूर्यग्रहण: दिउँसो एकछिन रात जस्तो भयो

‘एकछिन दिउँसै रात पर्यो’: उत्तरी गोलार्धमा दुर्लभ सूर्यग्रहण हेर्दा मानिसहरू दङ्ग परेका छन्। १३ अगस्ट २०२६, १३:२१ +०५४५२५ मिनेटअघि अद्यावधिक। युरोप, उत्तर अफ्रिका र उत्तर अमेरिकामा सन् १९९९ पछिको सबैभन्दा ठूलो सूर्यग्रहण देखिएको छ। लाखौं मानिसहरूले दिउँसो ‘रात’ परेको जस्तो देखिने उक्त खगोलीय घटना रमाइलो साथ अवलोकन गरे। बुधबार पृथ्वी, चन्द्रमा र सूर्य एउटै रेखामा हुँदा उत्तरी गोलार्धका केही भागहरूमा केही समय अँध्यारो छायो। आइसल्याण्ड र स्पेनबाट दुर्लभ खग्रास अर्थात पूर्ण सूर्यग्रहण देखियो भने अन्यत्र खण्डग्रास सूर्यग्रहण देखियो।