Skip to main content

आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता सम्पन्न

स्वोस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजना गरि सम्पन्न आठौं एसजी अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ काठमाडौंमा चार दिनसम्म चलेर सम्पन्न भयो। प्रतियोगितामा २५ विद्यालयका टोलीहरूले चार उमेर समूहमा प्रतिस्पर्धा गरे, र समापन समारोहमा राखेप बोर्ड सदस्य ललिता नाथ प्रमुख अतिथि थिइन्। ९ भदौ, काठमाडौं।

प्रतियोगितामा यू–११ छात्रतर्फ रातो बंगला, यू–११ छात्रातर्फ जेम्स स्कुल, यू–१२ छात्रतर्फ राई स्कुल र यू–१४ छात्रतर्फ लोयल्टी एकेडेमी च्याम्पियन बने। यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य ललिता नाथ, नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगर, एनएसएसएफका संस्थापक अध्यक्ष प्रदीप जोशी, उपाध्यक्ष मोहन कार्की र राखेपका पूर्वउपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ पनि उपस्थित थिए।

यू–११ छात्रतर्फ रातो बंगला स्कुल च्याम्पियन बनेको छ। हिमशिखर दोस्रो र रोजबड तेस्रो स्थानमा रहेका छन्। यू–११ छात्रातर्फ जेम्स स्कुलले उपाधि जितेको छ भने रातो बंगला दोस्रो र स्वोस्तिश्री गुरुकुल तेस्रो स्थानमा रहे। यू–१२ छात्रतर्फ राई स्कुल विजेता रह्यो। स्वोस्तिश्री गुरुकुल उपविजेता रहँदा कोहिनुर स्कुलले तेस्रो स्थान हासिल गर्यो।

यू–१४ छात्रतर्फ लोयल्टी एकेडेमीले उपाधि जित्यो, उज्ज्वल तारा स्कुल दोस्रो र रोजबड स्कुल तेस्रो स्थानमा रही। व्यक्तिगत पुरस्कारहरुमा यू–११ छात्रमा स्वोस्तिश्रीका आर्नव राज भारती उत्कृष्ट खेलाडी घोषित भए। रातो बंगलाका सुबान्श श्रेष्ठ उत्कृष्ट गोलरक्षक र निर्विग्न ढकाल सर्वाधिक गोलकर्ता घोषित भए। यू–११ छात्रामा पाठशाला नेपालको सम्राज्ञी क्षेत्री उत्कृष्ट खेलाडी, स्वोस्तिश्रीकी श्रीम खरेल उत्कृष्ट गोलरक्षक र रातो बंगलाकी शिखा सुबेदी सर्वाधिक गोलकर्त्री रहिन्। यू–१२ छात्रमा राई स्कुलका योनातन राई उत्कृष्ट खेलाडी, स्वोस्तिश्रीका समीर बोहरा उत्कृष्ट गोलरक्षक तथा कोहिनुरका प्रमिक मगर सर्वाधिक गोलकर्ता घोषित भए। यू–१४ छात्रतर्फ उज्ज्वल ताराका केशव काफ्ले उत्कृष्ट खेलाडी, लोयल्टीका समर्पण सेढाईं उत्कृष्ट गोलरक्षक तथा रोजबडका लक्ष्य श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भएका छन्।