Skip to main content

रवीन्द्र ढाँटले कासिबलाई पराजित गर्दै रोड टु युएफसीको फाइनलमा स्थान बनाएका छन्

नेपाली फाइटर रवीन्द्र ढाँटले चीनको साङ्घाईस्थित अक्टागनमा न्युजिल्यान्डका कासिब मर्डाकलाई पराजित गर्दै रोड टु युएफसीको फाइनलमा स्थान सुरक्षित गरेका छन्। काठमाडौं, १२ भदौ। तीन राउन्डको लडाइँमा स्प्लिट डिसिजनको निर्णयले ढाँट विजेता घोषित भए। पहिलो जजले ढाँटका लागि २९-२८ अंक दिएका थिए भने दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिएका थिए। तेस्रो जजले फेरि ढाँटका पक्षमा २९-२८ अंक दिएपछि उनी विजेता घोषित भए।

अब ढाँट फाइनलमा र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन्।