Skip to main content

बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय

१४ भदौ, झापा । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए। समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनःस्थापनामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ। समाजका राष्ट्रिय समितिहरू विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय छन्।