
कर्णाली शिवराजले नेपाल भलिबल लिगमा विजयी सुरुवात गरेको छ। कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा पराजित गर्दै ३ अंक थपेको छ। आजको पहिलो खेलमा सगरमाथा स्म्यासर्सले मधेश वारियर्सलाई ३-१ को सेटमा हराएको छ। काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा विजयको सुरुवात गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले अन्नपूर्णलाई ३-१ को सेटमा हराउँदै ३ अंक जोड्न सफल भयो। कर्णालीले अन्नपूर्णलाई सेट २५-२२, १९-२५, २६-२४, २५-२२ को अङ्कमा पराजित गरेको छ। आजै सम्पन्न पहिलो खेलमा सगरमाथा स्म्यासर्सले मधेश वारियर्सलाई २५-२१, २५-२१, २३-२५, २५-१५ को सेटमा हराएको छ। तस्बिर: विकास श्रेष्ठ






