एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हस्तान्तरण

नेपाल भलिबल लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा हस्तान्तरण गरिएको छ। केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रदान गरेका छन्। आयोजकहरूले बाढीपीडितहरूको उद्दार, उपचार र पुनःस्थापनाका लागि पहिलो दिनको टिकट बिक्री रकम दिने घोषणा गरेका थिए। २३ भदौ, काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट करिब ६ लाख रुपैयाँ संकलन गरी बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उपलब्ध गराइएको छ। केडिया ग्रुपद्वारा आयोजित लिगको पहिलो दिनको टिकट बिक्रीबाट जम्मा ५ लाख ९० हजार १ सय ५० रुपैयाँ उक्त कोषमा हस्तान्तरण गरिएको हो। केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। आयोजकहरूले बाढीका कारण पीडितहरूको उद्दार, उपचार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले लिगको पहिलो दिन टिकट बिक्रीबाट प्राप्त रकम सङ्कलन गर्ने घोषणा गरेका थिए।






