Skip to main content

एनभीएलमा मधेश वारियर्सको पहिलो जित

मधेश वारियर्सले नेपाल भलिबल लिगमा आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित हासिल गर्‍यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२३ मा जित दर्ता गर्‍यो। मधेशका जिविन सेबास्टियन ‘म्यान अफ द म्याच’ घोषित भए भने खप्तड फाल्कन्सले लगातार तीन खेल हार्‍याे। २३ भदौ, काठमाडौं।

मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो पटक जीत दर्ता गरेको छ। लगातार तीन खेलमा पराजित भएका मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई सोझो ३–० सेटमा पराजित गर्‍यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना गरिएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२३ मा जीत हात पार्‍यो। जिविन सेबास्टियनलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो।

मधेशले पहिलो खेल सगरमाथा स्म्यासर्ससँग ३–१, दोस्रो खेल काठमाडौं रेड्ससँग ३–२ र तेस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्ससँग ३–१ ले हार भोगेका थिए। खप्तड फाल्कन्सले लगातार तेस्रो खेलमा हार बेहोऱ्‍यो। यसअघि गरिएको दुई खेलमा पनि खप्तड सोझो सेटमा पराजित भएको थियो। खप्तडलाई सगरमाथा र कर्णाली शिवराजले हराएका थिए। प्रतियोगिताअन्तर्गत मंगलबार अर्को खेल काठमाडौं रेड्स र सगरमाथाबीच हुनेछ।

तस्बिरहरू : विकास श्रेष्ठ