Skip to main content

नेपालको ओमानमाथि शानदार जित, स्पिनरको उत्कृष्ट प्रदर्शन

समाचार सारांश स्पिन बलरको उत्कृष्ट प्रदर्शनका कारण नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई ८८ रनले हराएको छ। १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८.१ ओभरमा ६० रनमा सम्पूर्ण विकेट गुमायो र नेपालले फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। दीपेन्द्रसिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए, नेपालको सबै विकेट ४५.४ ओभरमा गयो। २५ भदौ, काठमाडौं।

स्पिनरको चमकले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित दर्ता गरेको छ। नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए भने जितेन रामानन्दीले १३ रन बनाउन सफल भए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २-२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन तयार पारेको थियो। दीपेन्द्रसिंह ऐरीले ५१ रन बनाए भने बसिर अहमदले ४७ रन जोड्नु भयो। नेपाल संकटपूर्ण अवस्थामा ३६-४ मा पुगेको थियो, र दीपेन्द्र तथा बसिरले मिलेर ९३ रनको साझेदारी गरे। देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालले २३ रनमा पहिलो विकेट गुमाएपछि ३६-४ र अन्तमा १४७ रनमा अलआउट भयो। ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन दिएर ३ विकेट लिए भने हस्नैन शाहले ८.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। मुहम्मद इमरानले २ विकेट लिए भने शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिन सफल भए। अब नेपालले फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल शनिबार हुनेछ। फाइनल जितेको नेपाल एसिया कपमा छनोट हुनेछ। सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एशिया कपमा छनोट भएको छ।